काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा सरकारले सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित रहेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा नपुगेको स्वीकारेका छन् ।
बुधवार राजधानीमा भएको नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् ।
‘सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा सरकारले सुरुदेखि नै लागिपरेको छ । तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा पुगेको छैन । अर्थतन्त्रले अबचाहिँ लय पक्रियो भन्ने ठाउँमा पुगेकै छैन’, उनले भने, ‘यद्यपि हामी धेरै आत्तिन पर्ने ठाउँमा छैन । हाम्रो स्थिति सुधार गर्नुपर्ने ठाउँमै छ र सुधारोन्मुख नै छ । तर अर्थतन्त्र दबाबमुक्त भइसेको छैन ।’
सरकारले सेवा प्रवाह जनताको तहसम्म पुर्याउन नसकेको स्वीकार गरेका छन् । साथै उनले आफूले जनतामा नयाँ भरोसा, राष्ट्रको इज्जत जोगाउने जमर्को गरेको बताए । अब यसको सुधारका लागि पोलिसि र ऐन बनाएर नयाँ सुधार गरी जनतालाई भरोसा दिलाउने प्रतिबद्धता जनाए । यस्तै उनले वर्तमान र पूर्व पदाधिकारी लिएर कङ्क्रिट योजना दिन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



ट्रेन्डिङ
खबरमुकाम







