काठमाडौँ । एनसेल आजियाटाले शेयर खरिद बिक्री सम्झौतामा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई बुधवार जवाफी पत्र पठाउँदै यस्तो प्रतिबद्धता बताएको हो ।
मंसिर १५ गते शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री सम्झौतामा भएको खुलासा भएको थियो । सो लगत्तै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो ।
पत्रमा कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद विक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बिच शेयर खरिद विक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद कागजातहरू सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने कम्पनीको भनाई छ ।
बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरूबाट सङ्कलनको क्रममा रहेको कम्पनीले जनाएको छ । एनसेल आजियाटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरूक र कटिबद्ध रहेको बताएको छ ।
प्रमुख कानुन तथा नियामक मामिला अधिकृत विशाल मणि उपाध्यायले पत्रमा भनेका छन्, ‘पत्रमा उल्लिखित नियमावली र विनियमावलीका प्रावधानहरूको पूर्ण परिपालना गर्न सदा झैँ एनसेल आजियाटा लिमिटेड प्रतिबद्ध रहेको ब्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री विनियमावली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरू सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम त्यहाँ प्राधिकरण समक्ष सेयर खरिद विक्री स्वीकृतिका लागि निवेदन पेस गरिने ब्यहोरासमेत सादर अवगत गराउन चाहन्छौँ।’
यस्तो छ एनसेल आजियाटाले पठाएको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






