मुकाम डेस्क । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले एनसेलका प्रमुख कार्यकारी अधिकृत जब्बोर कायुमोभलाई पत्र काट्नुपर्ने बताएका छन् ।
बुधवार बसेको अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले एनसेलका कार्यकारी अधिकृत कायुमोभलाई पत्र काटेर समितिमा बोलाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘एनसेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख गिराएको छ । नेपालमा लगानीको वातावरण छैन भनेको छ ।’ यसबाट लगानी सम्मेलनको पूर्व सन्ध्यामा नेपालमा लगानीको वातावरण नरहेको सन्देश जाने वाग्लेको भनाइ छ ।
आजियाटाले लगानी फिर्ता लैजानु नौलो नभए पनि लगानीको वातावरण छैन भन्नू गलत भएको उनको भनाइ छ । सोही कारण प्रमुख कार्यकारी अधिकृत कायुमोभलाई समितिमै बोलाउनुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







