काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रा. लि. ले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको “यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” योजनाको विजेताहरुको घोषणा गरेको छ ।
२०८० साल मंसिर १८ गते सोमबार सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण समेत गरिएको लक्की ड्र मार्फत बिजेताले प्रथम पुरस्कार स्वरूप Hisense Multi Door Fridge प्राप्त गरेका छन् । साथै सोही लक्की ड्र मार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा Hisense 50 inches TV रहेको छ भने तेस्रो पुरस्कारमा Hisense washing machine रहेको छ ।
यस अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा Induction, heater / water hot pot प्राप्त गरेका छन् । बिजेताहरुको सम्पूर्ण विवरण सिताराम दुघको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ । उक्त कार्यक्रमको संचालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले गरेका थिए । उक्त कार्यक्रममा अतिथिका रुपमा रतन लाल केडिया, सुमित केडिया र रचित केडियाको उपस्थिति रहेको थियो । उनीहरूले सीतारामको तर्फबाट सबै विजेताहरूलाई बधाई पनि ज्ञापन गरे ।
उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहक वर्ग माझ एक विशिष्ट पहिचान बनाएको सीतारामले नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि “यसपालि सीता रामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” नारा सहित यो योजना जारी गरेको थियो । यस योजना अन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा सोमबारका विजेता घोषणा भएका हुन् ।
सीताराम गोकुल मिल्क्स प्रा. लि.ले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ्मा पनि उपलब्ध गराइन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज यी स्थानमा वर्षा हुरीको सम्भावनाः र्मासम विभागले गर्यो सचेत रहन आग्रह
- सरकारले ल्याउने ६ अध्यादेश स्वार्थ समूहका लागि नभई नागरिकका लागि होः असीम साह
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति


ट्रेन्डिङ
खबरमुकाम







