काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले १०औँ महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ सम्म काठमाडौँमा गर्ने निर्णय गरेका सो पार्टी उपमहासविच एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीले आगामी माघ महिनामा गर्न लागेको महाअधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण करिब चार महिनापछि सारिएको हो । पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल गरिएको बैठकले महाधिवेशन तयारी समितिसमेत गठन गरेको छ ।
बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका साथै अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि आगामी माघ ११ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







