काठमाडौं । शौर्य सिमेन्टले आफ्नो क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात गर्न सुरुवात गरेको छ । उद्योगले १६ मंसिरदेखि क्लिंकर निर्यात सुरु गरेको हो ।
शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले रिबन काटेर निर्यातको सुरुवात गरेका हुन् ।
उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको यस क्लिंकरमा उच्चस्तरीय चुनढुंगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको कम्पनीले जनाएको छ ।
व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा कम्पनी खोलिएको हो ।
०७८ माघबाट उत्पादन थालेको उद्योगको दैनिक उत्पादन क्षमता ३ हजार टन रहेको छ । अहिले उद्योगले ५३ र ४३ ग्रेडमा ओपिसी तथा पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






