काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो ।
प्रतिनिधिमण्डलले आज क्यानका महानिर्देशक प्रदीप अधिकारिलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन सो माग गरेको हो । महानिर्देशक अधिकारीले सो ज्ञापनपत्र बुझ्दै सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमत गर्नका लागि क्यानले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
यसैबीच यसअघि नाट्टाको टिमले आज सोमबार काठमाडौँस्थित एशियाली विकास बैंकका नेपाल प्रतिनिधिलाई समेत भेटेर यस विषयमा कुरा राखेको थियो । नाट्टाको लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले एडिबिको लगानीमा निर्मित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडिबिको पनि सहयोग आवश्यक रहेकोमा जोड दिए ।
यसअघि नाट्टा लुम्बिनी टिमले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि माग गरेको थियो । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि भैरहवा तथा लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीले अबौँ रुपैयाँ लगानी गरेका र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा पर्यटन पूर्वाधारको लगानी खेर गएको बताएका छन् ।
त्यसैले यहाँका व्यवसायीले सरकारसँग यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दैआएका छन् । लुम्बिनी क्षेत्रका पर्यटन तथा अन्य सङ्घ संस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म सडक आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







