काठमाडौं । आगलागीबाट ईलाममा १७ लाख रूपैयाँ र सुनसरीमा १० लाख रूपैयाँ गरी जम्मा २७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ईलाम, सूर्योदय नगरपालिका–१० आले बस्ने कमला सुब्बाको घरमा रहेको किराना पसलमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर, पसलको सामान, भाडावर्तन, लत्ताकपडा र नगद समेत गरी करिब १७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, ईटहरी उपमहानगरपालिका–६ हटिया लाईनस्थित भारत जोगवनी घर भएको महमत सोनु अन्सारीको कपडा पसलमा बिद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण कपडा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







