मुकाम डेस्क । पोखराको पर्यटन बसपार्क सञ्चालन र व्यवस्थापनको जिम्मा निजी कम्पनीले पाएको छ ।
उपत्यका नगर विकास समिति मातहत रहेको उक्त बसपार्क सञ्चालन गर्न समितिले टेन्डर निकालेको थियो ।
एवान कन्स्ट्रक्सनले १ वर्षका लागि ३७ लाख ३० हजारमा ठेक्का लिएको भए पनि सम्झौता हुन बाँकी छ ।
त्यहाँको पार्किङ ठेक्का मात्रै एवानले पाएको समितिका प्रशासकीय अधिकृत प्रमोदकुमार गुरुङले जानकारी दिए ।
यहाँ पर्यटक बसहरु मात्रै बास बस्छन् ।यस्तै, समितिले बसपार्कभित्र रहेका सटरहरु पनि निजी कम्पनीलाई दिएको छ ।
मासिक २ लाख २४ हजार भाडा पाउने गरी ठेक्का दिइएको हो ।
प्रत्येक सटरको १६ हजार ५ सय देखि ४३ हजार १ सयसम्म भाडा लिने गरिएको छ । सटरको व्यवस्थापनको सम्झौता भने यसअघि नै भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने



ट्रेन्डिङ
खबरमुकाम





