काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ।
मंसिर १७ गते सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति एएमटी/सिएफटीका महत्व र लक्ष्यहरु, मनि लाउन्डरिङका घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरिङका घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टि∙को पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमाड्ढन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गिकराण, वित्तीय जोखिमाड्ढको चरण, कम्पनीको भूमिका कारवाही तथा सजाय लगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो।
आईएमई लाइफ ईन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयका बिभागिय प्रमुखहरुको उपस्थितमा उक्त तालिम सञ्चालन गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

ट्रेन्डिङ
खबरमुकाम







