एजेन्सी । शुक्रबार रिलिज भएको रणवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘एनिमल’ रिलिज भएको २४ घण्टाभन्दा कम समयमै अनलाइन लिक भएको छ ।
ईटाइम्सको रिपोर्टका अनुसार ‘एनिमल’ रिलिज भएको केही घण्टामै फुल एचडी प्रिन्टमा अनलाइन लिक भएको हो ।
यो चलचित्र टोरेन्ट वेबसाइटहरूमा निशुल्क डाउनलोड गर्न उपलब्ध छ ।
फिल्मलाई नियमित फर्वार्डजस्तै व्हाट्सएपमा पनि सेयर गरिएको मनोरञ्जन पोर्टलको दाबी छ । यद्यपि एनिमल मात्र होइन, विक्की कौशलको सामबहादुर पनि रिलिज भएको केही घण्टामै अनलाइन लिक भएको छ ।
सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ मा रणवीर र रश्मिका मन्दानाले मुख्य भूमिका निर्वाह गरेका छन् ।
यो फिल्ममा दुवैले पहिलो पटक स्क्रिन सेयर गरेका छन् ।
फिल्ममा बबी देओल, अनिल कपूर र तृप्ति डिमरी लगायतका कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
फिल्मको कथा बाबु र छोराबिचको विषाक्त सम्बन्धको वरिपरि घुमेको छ । यो चलचित्रले ओपनिङ दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







