लाङटाङ पदमार्गमा एक नेपाली पथ प्रदर्शकको मृत्यु छ ।
मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका-९ का ५० वर्षीय कुमार पाण्डे छन् ।
उनी शनिबार बिहान ११ बजे गोसाइकुण्ड गाउँपालिका-४ स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी इन्स्पेक्टर नेत्रप्रसाद पौडेलले जानकारी दिए ।
पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७०/७५ वर्षीया वृद्ध महिलालाई लाङटाङ उपत्यका घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए ।
इन्स्पेक्टर पौडेलका अनुसार लाङटाङ उपत्यका पुगेर फर्किँदा पाण्डे सामान्य बिरामी परेका थिए । भोलिपल्ट सुतेको स्थानमा मृत भेटिएका उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाण्डे लामो समयदेखि पथप्रदर्शकको काम गर्दै आएका थिए । स्वीट्जरल्याण्डकी ती महिलासँग उनको लामो समयदेखिको चिनजान रहेको र हरेक पटक नेपाल आउँदा पाण्डेले नै ती महिलालाई पाण्डेले नै घुमाउँथे ।
मृतक पाण्डेको शव पोष्टमर्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







