काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण हुने भएको छ । आगामी मंसिर १९ गतेदेखि सुरु हुने प्रशिक्षण तीनदिवसीय प्रशिक्षण कार्यक्रममा प्रदेश अन्तर्गतका केन्द्रीय समितिका सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति र भ्रातृ संगठनका प्रतिनिधिहरु गरी १२५ जनालाई प्रशिक्षण दिइने भएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेश समितिका इन्चार्ज राजकिशोर यादवलगायतका नेताहरुले प्रशिक्षण दिने छन् ।
पार्टी विधानले निर्दिष्ट गरेका नीति, सिद्धान्त र उदेश्य तथा पार्टीको संगठनात्मक गतिविधि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका बारेमा प्रशिक्षण दिइने पार्टीका लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक यादवले जानकारी गराएका छन् ।
यस अघि मंसिर ९ र १० गते गर्ने भनिएको प्रशिक्षण पार्टी अध्यक्ष उपेन्द्र यादवको व्यस्तताका कारण पछाडि सारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






