काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले घटेको छ । नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को बिन्दुमा झरेको छ ।
आज २८९ धितोपत्रको ४५ लाख ९५ हजार ५३३ कित्ता एक अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इनडेक्स ०.७८ प्रतिशतले घटेर ३५६.०८ को बिन्दुमा झरेको छ भने आज १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उससमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।
आज रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेको छ । यसदिन विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी
- भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर फर्किए
- आजको मौसमः देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य

ट्रेन्डिङ
खबरमुकाम







