काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी सुरूङमार्गमा फसेका ४१ मजदुरको सकुशल उद्धार भएको छ ।
कात्तिक २६ गते बिहान ५ बजे उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४१ मजदुर सुरूङमै थुनिएका थिए ।
उनीहरूको १७ दिनपछि हिजो उद्धार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एक्स (ट्वीटर) मा लेख्दै सबै मजदुरहरूको सकुशल उद्धार भएको बताएका छन् ।
४ हजार ५३१ मिटर लामो सुरूङको सिल्क्यारातर्फ २ हजार ३४० मिटर र बडकोटतर्फ १ हजार ६ सय मिटर निर्माण भइसकेको थियो ।
अक्टोबर १२ मा सिल्क्याराबाट करीब २७० मिटर भित्र ३० मिटरमाथिबाट पहिरो खस्दा सुरूङ थुनिएको थियो। सोही सुरूङमा काम गरिरहेका ४१ जना फसेका थिए ।
पहिरो छिचोल्न ड्रिलिङ मेसिन प्रयोग गरिएको थियो ।
उद्धार गरिएको सबैलाई स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको स्वास्थ्य सामान्य रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
सुरूङबाट उद्धार गरिएका उनीहरूलाई जनही १/१ लाख रूपैयाँ दिने भारत सरकारले निर्णय गरेको छ । त्यस्तै उनीहरूलाई आफ्ना परिवारहरूसँग समय बिताउन १५ दिनदेखि १ महिनासम्मको छुट्टी दिन सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





