काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी सुरूङमार्गमा फसेका ४१ मजदुरको सकुशल उद्धार भएको छ ।
कात्तिक २६ गते बिहान ५ बजे उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४१ मजदुर सुरूङमै थुनिएका थिए ।
उनीहरूको १७ दिनपछि हिजो उद्धार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एक्स (ट्वीटर) मा लेख्दै सबै मजदुरहरूको सकुशल उद्धार भएको बताएका छन् ।
४ हजार ५३१ मिटर लामो सुरूङको सिल्क्यारातर्फ २ हजार ३४० मिटर र बडकोटतर्फ १ हजार ६ सय मिटर निर्माण भइसकेको थियो ।
अक्टोबर १२ मा सिल्क्याराबाट करीब २७० मिटर भित्र ३० मिटरमाथिबाट पहिरो खस्दा सुरूङ थुनिएको थियो। सोही सुरूङमा काम गरिरहेका ४१ जना फसेका थिए ।
पहिरो छिचोल्न ड्रिलिङ मेसिन प्रयोग गरिएको थियो ।
उद्धार गरिएको सबैलाई स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको स्वास्थ्य सामान्य रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
सुरूङबाट उद्धार गरिएका उनीहरूलाई जनही १/१ लाख रूपैयाँ दिने भारत सरकारले निर्णय गरेको छ । त्यस्तै उनीहरूलाई आफ्ना परिवारहरूसँग समय बिताउन १५ दिनदेखि १ महिनासम्मको छुट्टी दिन सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
- विपक्षी सांसदले दोहोर्याए प्रधानमन्त्रीको सीमा अभिव्यक्ति फिर्ताको माग
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र
- प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

ट्रेन्डिङ
खबरमुकाम







