काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ । एनसेल आइकन लैनचौरमा मंगलबार आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्र प्रथम बन्दै १ लाख नगद पुरस्कार जितेको छ । सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेसल मेन्सन पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले स्टोरी टेलिङ एउटा महत्वपूर्ण सीप भएकाले यसले समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दालाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्ने बताए ।
यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले एक ब्रान्डको रूपमा स्थानीय प्रतिभालाई समर्थन गर्नु कम्पनीको जिम्मेवारी भएको धारणा राखे ।
स्थानीय कन्टेन्ट अर्थात् सामग्री र प्रतिभाको विकासमा सहयोग पुर्याउने हेतुले आयोजना गरिको प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहलाई लक्षित गरिएको थियो ।
यस लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डलका सदस्यहरु निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरी टेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए ।
प्रतियोगितामा सहभागी हुन प्रतियोगीले दिदीभाइको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्ने सर्त राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ
खबरमुकाम







