काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल नियमन गर्न कानून बनाइसकेको बताएकी छन् ।
माओवादी केन्द्रले सुरू गरेको पार्टीको वेबसाइट उद्घाटन कार्यक्रममा उनले पारिवारिक संरचना र सामाजिक सद्भावमा समस्या आएपछि टिकटक बन्द गरेको बताइन् ।
मन्त्री शर्माले भनिन्, ‘सूचना र प्रविधिको हामीले अहिले जुन ढंगले सकारात्मक पक्षहरुको चर्चा गरिरहेका छौं, यहाँ केही नकारात्मक पक्षहरु पनि छन् । नेपाली समाज, हाम्रो समाजिक सद्भाव रपारिवारिक संरचनालाई कस्तो खालको असर पारिरहेको छ भन्ने चुनौती पनि हाम्रोसामु छ । भर्खरैमात्र मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जाल, जसले हाम्रो पारिवारिक संरचना र सामाजिक सद्भावमा समस्याको रुपमा पैदा भएको थियो टिकटकको माध्यमबाट । हामीले त्यसलाई रोक्ने निर्णय गरेका छौं । अरु सामाजिक सञ्जाल पनि नियमन गर्न कानून बनाइसकेका छौं । निर्देशिका जारी भइरहेको छ ।’
सरकारले मात्रै नभएर पार्टीले पनि सूचना र प्रविधिको क्षेत्रलाई सही ढंगले प्रयोगमा अघि बढाएको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






