काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारले गर्दा नागरिकहरू नेता र पार्टीहरूसँग रिसाएको बताएका छन् ।
एक सुका पनि भ्रष्टाचार हुन दिनौं भन्ने कुरा नागरिकलाई कांग्रेसले आश्वस्त पार्नुपर्ने उनले बताए ।
सोमबार कांग्रेस नवलपुर जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘जनताका कुरा सुन्नुपर्छ । बाहिर राजा... राजा यो, त्यो हल्ला होइन । नागरिकका कुरा सुन्नुपर्छ । नागरिक के भनिरहेका छन् ? भ्रष्टाचारको कारणले गर्दा नागरिक यो सिंगो नेता, नेतृत्व र पार्टीसँग रिसाएका छन् । कांग्रेसको कारणले गर्दा हामी एक ठाउँमा पनि एक सुकाको पनि भ्रष्टाचार हुन दिनौं । यदि कसैले गर्छ भने जतिसुकै ठूलो मानिस होस्, भ्रष्टाचार अपराध गर्छ भने दण्डित हुने अवस्था हामी बनाउँछौं ।’
कोही मानिसले राज्यको ढुकुटीको पैसा ठगी गर्छ भने त्यसलाई ‘जमिनमुनि गए पनि भ्रष्टाचारीलाई नछाड्ने’ कानुन बनाउनुपर्ने उनले बताए ।
०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहदामा पुगेका मानिसहरूको सम्पत्ति शक्तिशाली संयन्त्र बनाएर छानबिन गरिनुपर्ने थापाले बताए । ‘कसैले गैरकानुनी सम्पत्ति आर्जन गरेको छ भने सम्पत्ति खोसिनुपर्छ र दण्डित हुनुपर्छ भनेर कांग्रेसले भन्न सक्ने कि नसक्ने ? बकाइदा भन्न सक्नुपर्छ, नागरिकले खोजेको यही होइन ?’ उनले भने ।
उनले भूकम्पपीडितलाई राज्यले समयमै सहयोग गर्नुपर्ने पनि बताए । हमासले बन्धक बनाएका नेपालका विपिन जोशीलाई पहल गरी तत्काल स्वदेश ल्याउनुपर्ने थापाको भनाइ थियो ।
फरक प्रसंगमा महामन्त्री थापाले व्यवस्थाको विरोध गर्न पाइने पनि बताए ।
‘पार्टी प्यालेसबाट मानिसहरूलाई लखेट्ने को हुन् ? ती मानिसले काठमाडौंमा गएर गणतन्त्र फ्याँक्छु भनेर भन्न पाउने हक र अधिकार राख्दछन्,’ थापाले भने, ‘त्यसको रक्षा गर्ने काम र सुरक्षा दिने काम राज्यको होइन ? हिजो एमालेका सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड भयो, त्यो ढुंगा हान्ने को ? त्यसलाई ठेगान लगाउने काम राज्यको हो । गलत गर्नेले दण्ड पाउनुपर्छ ।’
सार्वजनिक मञ्चबाट बैंकवालालाई ठेगान लगाइदिन्छु भन्ने अभिव्यक्ति दिनेलाई राज्यले कानुनअनुसार कारबाही गर्नुपर्ने पनि थापाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







