काठमाडौँ । दुर्गा प्रसाईंको नागरिक बचाऊ आन्दोलनमा आज न्यून संख्यामा प्रदर्शनकारी देखिएका छन् । फाट्टफुट्ट समर्थकहरू मात्रै नाराबाजी गर्दै सिफलतर्फ गइरहेका छन् ।
शुक्रवार तीनकुनेमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला प्रहरीले रोकेको थियो । आज काठमाडौंको सिफलमा प्रदर्शनको तयारी प्रसाईं समूहले गरेको थियो ।
दुर्गा प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गर्दै छन् ।
कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।
कार्यक्रम स्थल आसपासको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ ।
सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।
आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईं ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका फाट्टफुट्ट समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






