पोखरा । पोखरामा पोखरा नेपाल माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन् सङले गरेका हुन् ।
प्रतियोगितामा सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर ४ विधामा प्रतिस्पर्धा भएको छ । सामूहिक प्रतिस्पर्धामा ४२ जना, व्यक्तिगत प्रतिस्पर्धामा ७६ र विद्यार्थी दौडमा ४ सय ३० बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ चार्टर विमानमार्फत पोखरा आएका हुन् ।
चिनियाँ राजदूत छन् सङले प्रतियोगिताले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने बताए । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताले पोखरालाई देशविदेशमा चिनाउन र खेल पर्यटनको विकासमा समेत सघाउने विश्वास व्यक्त गरे ।
‘यस प्रकारको दौड प्रतियोगिताले खेल र पर्यटन क्षेत्रको विकासमा उत्तिकै योगदान पुग्नेछ’, उनले भने ।
दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ । सामूहिक विधातर्फको विजेताले ३ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । द्वितीयले २ लाख ८८ हजार, तृतीयले २ लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले १ लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला, पुरुषले जनही १ लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले १ लाख ८ हजार, तृतीयले ५४ हजार र चौथोदेखि सातौँसम्मको १८ हजार र दसौँसम्मका धावकले ९ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लेक साइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसेखोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचीबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।
५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताका विजेता छात्र–छात्राले जनही २५ हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार, सान्त्वनाले १० हजार र पाँचौँले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





