काठमाडौं । पहिलो त्रैमासिक अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा समीक्षा अवधिको तुलनामा बढे पनि वार्षिक प्रतिसेयर आम्दानी भने घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा ७ करोड १४ लाख रुपैयाँ छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.६० प्रतिशत बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले यस्तो नाफा ७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो।
कम्पनीले पहिलो त्रैमासमा एक अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ८ करोड रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
समिक्षा अवधिमा कम्पनीले जोखिमको अवस्थामा प्रयोग गरिने महाविपत्ति कोषमा १४ करोड ५० लाख रुपैयाँ राखेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६३ पैसा रहेको कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ। गत वर्षको सोहि अवधिमा कम्पनीले यस्तो आम्दानी १६ रुपैयाँ ८ पैसा रहेको थियो ।
प्रतिसेयर आम्दानी घट्नुको मुख्य कारण कम्पनीको सेयर पूँजी ४२ प्रतिशतले बढ्नु हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको सेयर पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा अहिले बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






