काठमाडौं । भारतका अर्बपति व्यवसायी गौतम अडानीको अडानी समुहमाथि थप अनुसन्धानको बाटो खुल्ने भएको छ । हिडेनवर्गको अनुसन्धान रिपोर्ट अनुसार अदालतमा दर्ता भएको रिटमाथिको सुनुवाई सम्पन्न भएसँगै भारतको सर्वाेच्च अदालतले अडानीमाथी थप अनुसन्धानका लागि सेक्युरीटी बोर्ड अफ इण्डिया(सेबी)लाई थप अनुसन्धानका लागि बाटो खोलिदिन लागेको हो ।
हिडनवर्ग रिपोर्टका अनुसार गौतम अडानीको अडानी समुहले आफ्ना कम्पनीहरुको सेयर मूल्य अप्राकृतिक रुपले वृद्धि गरेका थिए । सो आरोपमाथि थप छानविन हुनुपर्ने भन्दै केहि वकिलहरुले भारतको सर्वाेच्च अदालतमा मुद्धा हालेका थिए । सो मुद्धामाथिको सुनुवाई सम्पन्न भैसकेको छ । सुनुवाईपछि सर्वाेच्च अदालतले फैसला तयार पारेको छ तर त्यसलाई सुनाएको भने छैन् ।
सर्वाेच्च अदालतका मुख्य न्यायाधिशश डा. डीवाई चन्द्रचुडको नेतृत्वमा न्यायाधिशहरु जेबी पारदीवाला र मनोज मिश्राको इजलासमा अडानी विरुद्धको रिटमाथि सुनुवाई भएको थियो । सर्वाेच्च अदालतले फैसला तयार गर्नु अघि रिट निवेदक र सेबीका वकिलहरुको बहस सुनेको थियो । बहसका दौरान अदालतले यो मामलामा सेबीलाई अतिरिक्त निर्देशन दिने संकेत दिएको छ ।
सेबीले सुनुवाईका क्रममा अडानी समुहमाथि लागेका आरोपहरु माथि गहिरो अध्ययन गरेको र थप अध्ययनका लागि समय आवश्यक नपर्ने भएकाले अब फैसला सुनाउन भनेको थियो । सेबीका तर्फबाट पेश गरिएको बहस नोटमा जनरल तुषार मेहताले भनेका थिए की अडानीमाथिको अनुसन्धान सकिएर अब फैसला गर्ने समय भैसकेको छ । मेहताका अनुसार कुल २६ मध्य २२ वटा मुद्धाको अध्ययन सम्पन्न भैसकेको छ । बाँकी २ मुद्धामा भने विदेशका नियामकहरुसँग थप सूचना मगाउनुपर्नेछ । विदेशी नियामकहरुसँग सेबी सम्पर्कमा रहेको र आवश्यक जानकारी मागेर अनुसन्धान टुंगोमा पुर्याउने पनि मेहताले भनेका छन् ।
अदालतले सेयरको मूल्यमा भएको उतार चढावलाई नियन्त्रणका लागि अवलम्बन गरिएका उपायहरुबारे सेबीसँग जवाफ मागेको थियो । सेबीका तर्फबाट मेहताले भनेका छन् की कहिँ कतै पनि सर्टसेलिङ देलिए कारवाही हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







