रासस । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विद्यार्थीले ‘रोबोटिक’ तालिम लिएर विभिन्न किसिमका विद्युतीय सामग्री बनाएका छन् ।
इञ्जिनियरिङ सङ्कायका मेधावी विद्यार्थीबाट कक्षा ९, १० ११ र १२ का विद्यार्थीले तालिम लिएपछि उनीहरूले यन्त्रमानव (रोबट) बनाएर शुक्रबार गाउँपालिकाको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीले बनाएका विद्युतीय खेलौना, स्मार्ट कार, फोहर फाल्ने भाँडो र विद्युतीय बल्बलाई ‘एप’ निर्माण गरी त्यसलाई विद्युत्को माध्यमबाट अनुकूलतामा चलाएर प्रदर्शन गरेका हुन् ।
बेथानचोक गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी सन्दीप तामाङले तीन दिनसम्म तालिम लिएर स्मार्ट कार बनाएर आफू अनुकूलतामा चलाउन सक्ने बनेको बताए । ‘बनेका स्मार्ट कारलाई विद्युतीय माध्यमबाट चलाउने र त्यसलाई नियन्त्रण गर्नसक्ने सीप सिक्न सफल भएँ,’ उनले भने ।
भीमसेनेश्वर माध्यमिक विद्यालयका अर्का विद्यार्थी रोज खत्रीले तालिमबाट नयाँ ज्ञान लिन पाएकोमा खुसी लागेको बताए । कालिका माध्यमिक विद्यालयका रोजन तामाङले बनाउन सिकेको सामग्रीलाई प्रयोगमा ल्याएर सुविधा उपभोग गर्न प्रेरित गरेको बताए ।
अर्का विद्यार्थी अर्पणा तामाङले तालिमबाट घरको छतमा राखिएको पानी ट्याङ्कीमा पानी सकिएको र त्यो भरिएको जनाउ दिने ‘साइरन’ जडानको सीप सिकेको बताए ।
गुजारतमा इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययनरत तालिमका प्रशिक्षक प्रसान्तकुमार चौधरीले विद्यार्थीलाई ब्ल्युटुथ कन्ट्रोल कार, ब्याट्रीबाट चलाउन मिल्ने गाडी, स्मार्ट डस्टविन र स्मार्टहोम अटोमेसिन बनाउने विधि र प्रविधिको बारेमा ज्ञान दिएको बताए । विद्यार्थीलाई उनीहरूको तहगत कक्षाअनुसार प्रविधिको बारेमा ज्ञान दिएको बताए ।
वेथानचोक पालिकाका अध्यक्ष भगवान् अधिकारी हरेक विद्यार्थीलाई फुर्सद हुँदा चिया चौतारीमा गफ गरेर समय बिताउने नभई प्रविधिको क्षेत्रमा पनि बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले प्रशिक्षाणको व्यवस्था गरिएको बताउछन् ।
तालिममा आधारभूत र माध्यमिक तहका विज्ञान शिक्षक÷शिक्षिका र कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीलाई तालिममा सहभागी गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





