देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हालेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत चित्रको आज बिमोचन गर्दै सरकारका प्रवक्ता एवं मन्त्री शर्माले कुसुन्डा भाषाको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको हातेमालाबाट संरक्षणमा बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सञ्चारमन्त्री शर्माले लोप हुन लागेका भाषा संरक्षण गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै अनुसन्धानकर्ता उदय आलेलाई धन्यवाद दिए । “भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गरेमात्र यो जीवित रहन्छ,” उनले भने ।
लोपोन्मुख कुसुन्डा भाषा संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले कुसुन्डा भाषाको पूर्ण वक्ता ज्ञानीमायाको मृत्युपश्चात् अर्का पूर्ण वक्ता कमला सेन खत्रीले भाषालाई बचाइराखेको कारणले गर्दा भाषा जीवित रहेको र यो भाषालाई संरक्षण गर्न पछिल्लो पुस्ता तयार भएको देख्दा खुसी लागेको बताए ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लोप हुन लागेको भाषा संरक्षणमा लागेकामा खुसी व्यक्त गरेका छन् । उनले लोप हुन लागेका भाषासंस्कृति संरक्षणका लागि स्थानीय तहले सहयोग प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुसुन्डा भाषाको अनुसन्धानकर्ता उदयराज आलेले २०७८ को जनगणनामा दुई सय ५३ उल्लेख गरिए पनि नेपालभरमा वास्तविक सङ्ख्या एक सय ६२ जना रहेको बताए । कुसुन्डा भाषाको महत्त्व बुझाउन जरुरी रहेको बताए । अन्य भाषामा बाबुआमाले छोराछोरीलाई सिकाउने प्रचलन रहेको छ भने कुसुन्डाको बच्चाले आफ्नो भाषा सिकेर बाबुआमा वा घरपरिवारलाई सिकाउनुपर्ने अवस्था रहेको बताए ।
नेपाल सरकारको सहयोग चार चरणमा कुसुन्डा भाषाको दाङको घोराही उपमहानगरपालिका–५ को महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरेर कुसुन्डा समुदाय र गैर कुसुन्डाले पढ्न र लेख्न र बोल्न सक्ने भएका छन् ।
अनुसन्धानकर्ता उदयराज आलेले भाषा संरक्षणका लागि चारवटा पाठ्य पुस्तक तयार गरेका छन् । कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले भाषा संरक्षणका लागि नेपाल सरकारले सहयोग गरेकाले पछिल्लो पुस्ताले पढ्ने सक्ने भएको बताए । उनले कुसुन्डा भाषाका नागरिक छरिएरभन्दा एकै स्थान बसोबास गर्ने वातावरण भयो भने अझ राम्रो हुने बताए ।
अनुसन्धानकर्ता आलेले पाँच वर्ष लगाएर तयार पारेको कुसुन्डा समुदायको वेशभूषा, भाषा, संस्कार, संस्कृति र रहनसहन समेटिएको १९ मिनेटको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सानिमा रिलायन्सको नवौ वार्षिक साधारण सभा सम्पन्न
- आई. एम. ई. लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न
- पोखरामा मोती उत्पादनको व्यावसायिक सुरुवात
- बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार प्रति गम्भीर ध्यानाकर्षण
- कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान


ट्रेन्डिङ
खबरमुकाम








