काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । रुपन्देहीको भैरहवामा आजदेखि शुरु छैटौं लुम्विनी प्रादेशिक महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्वौ रुपैयाँ लगानी जोखिममा परेको बताए ।
उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।’
विमानस्थल सञ्चालनसंगै गौतमवुद्ध जन्मस्थल लुम्विनीलाई अन्तराष्ट्रिय पर्यटकको आर्कषण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि, व्यवसायिक गतिविधी बढ्ला भनेर आसपासमा करोडौं रुपैयाँ लगानी गरेकाहरुको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्वन्धित सवै निकायको ध्यान जान जरुरी छ, ।’
अर्को प्रसंगमा अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारी मार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । भैरहवा सेजमा उद्यमी व्यवसायिको सहभागिता गराउनका लागि विभिन्न नीतिगत समस्याहरु रहेको उनको भनाइ छ । यद्यपी भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनहरुको प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
मुलुककै सवैभन्दा धेरै राजश्व संकलन गर्ने भन्सार नाकामध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए । रुपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधी विस्तारका लागि महोत्सव निकै फलदायी भएकोे अध्यक्ष मल्लको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





