काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।
‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने लोकप्रिय कुरा नगर्न म साथीहरूलाई आग्रह गर्दछु’, उनले आफूले राजनीति सुरु गर्दाबाटै नेपालको वामपन्थी राजनीति विभाजित भएको बताए ।
‘एकताको माला त्यति वेलाबाटै भएको हो, तर एउटा एकता गर्दा अरू दुई वटा फुट्छ ।’ उनले एकताको कुरा मिठो सुनिए पनि त्यसका लागि धेरै कुरा मिल्न जरुरी रहेको भन्दै एमालेको नीति, सिद्धान्त, विचार र नेतृत्वलाई स्वीकार गरिए मात्रै एकता सम्भव रहेको बताए ।
‘दुईवटा अध्यक्ष राखेर एकता हुँदैन’, अध्यक्ष ओलीको भनाइ छ । उनले काँचो राजनीति कर्याप्प कर्याप्प पारेर चपाएर बसेर केही नहुने भन्दै ओलीले उद्देश्य नछोडी गरिने राजनीतिले मात्र निकास दिने बताए ।
‘व्यवहारिक राजनीति नहुने, सिद्धान्त जप्ने, उपलब्धि केही नहुने, आफू साँघुरिँदै जाने, आफ्ना विचारमा अरूलाई सहमत गराउन नसक्ने, अरूका विचारतिर लहसिँदै जाने, अरूका स्वार्थका निम्ति काम गर्ने खालका कुराहरू न वामपन्थी हुन् न केही हुन् ? सुन्दा राम्रो सुनिएला’, उनले भने, ‘राम्रो सुनिन्छ वामपन्थी एकताविना सम्भव छैन, के हो वामपन्थी एकता भनेको ? हामी एकता गर्दै त यहाँसम्म आइपुगेका छौ । ४६, ४७ वटा एकता भइसके ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







