उत्तरी चीनको शान्क्सी प्रान्तमा रहेको एक निजी कोइला खानीको भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ७ बजे ल्युलियाङ सहरको लिशी जिल्लामा रहेको पाँच तले भवनको दोस्रो तल्लामा आगलागी भएको हो।
बिहीबार दिउँसोसम्म आगो नियन्त्रणमा लिइएपनि उद्धार कार्य भइरहेको उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ।
दिउँसोसम्म मृत्यु हुनेको संख्या २६ पुगेको र ५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरी अस्पताल पुर्याइएको बिबिसीले जनाएको छ।
शान्क्सी कोइला उत्पादनको आधारमा चीनको सबैभन्दा ठूलो प्रान्त रहेको बिबिसीले उल्लेख गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






