
देहरादुन (भारत) । भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि संघर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् । सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।
इञ्जिनियरले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा लैजाने प्रयास गरिरहेका छन् । उक्त चौडाइको पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुनेछ तर अधिकारीका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतंकको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।
उत्तराखण्डको ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै विज्ञहरूले उक्त राज्यमा व्यापक निर्माणको असरका बारेमा चेतावनी दिएका छन् । ‘हरम्भव प्रयास भइरहेको छ’, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार एक विज्ञप्तिमा भन्नुभयो, ‘सुरुङभित्र फसेका कामदार सुरक्षित छन् ।’ उहाँले संकटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको जानकारी दिनुभयो ।
वरिष्ठ स्थानीय निजामती कर्मचारी अभिषेक रुहेलाले नयाँ ड्रिलिङ साइटसम्मको ट्र्याक तीन-चौथाइ बनाइएको जानकारी दिनुभयो । ‘सुरुङमाथि ड्रिलिङको काम भइरहेको छ, एक हजार दुई सय मिटर लामो सुरुङमध्ये नौ सय मिटरसम्म काम भइसकेको छ ।’
सुरुङमा फसेका कामदारहरूसँग उद्धारकर्मीले रेडियोमार्फत कुराकानी गरेका छन् । साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि साँघुरो पाइपबाट पठाइरहेका छन् । कामदारलाई ठूलो प्याकेटमा खाना पठाउने योजनासमेत बनाइएको छ ।
सुरुङको मुखमा रहेको स्थानीय देवता बौखनागको मूल मन्दिर निर्माणका क्रममा सारिएको भन्दै गाउँलेहरूले हिन्दू मन्दिर स्थापना गरेका छन् । उनीहरूले सुरुङको मुखमा रहेको मन्दिर भत्किएका कारण सुरुङ भत्किएको दोष दिएका छन् ।
उक्त सुरुङ प्रधानमन्त्री मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्थल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ । रासस/एएफपी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिल्म दुई कदमको ए मेरा बाबैनी गीत सार्वजनिक (भिडिओ)
- योग्य व्यक्ति पार्टीमा आउँदा आफूले टिकट नपाउने लघुताभासी चरित्र देखिएः रवि लामिछाने (पूर्ण पाठ)
- वीरगञ्जमा सञ्चालित सामुदायिक बिद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै
- आठौं संस्करण पर्वतीय महोत्सव २२ मंसिरदेखि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा मनाइने
- मौद्रिक नीतिको समीक्षामार्फत वित्तीय नीतिहरू खुकुलो बनाउन व्यवसायीहरूको माग
- यस वर्ष ५ लाख क्विन्टल धान किन्दै सरकारः खरिदको परिमाण र रकम पनि बढाइयो
- प्रधानमन्त्री प्रचण्डलाई लिएर जाने क्रममा अरु ३१ जना यात्रुलाई छाड्यो नेपाल एयरलाइन्सले
- सुरू भयो एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान