
काठमाडाैं । दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गर्नुभएको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ ।
आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिनुभएको हो ।
सरकारले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार ८६.५९ प्रतिशत मत गणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याउनुभएको छ भने मास्साले ४४.०४ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
आईतवार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो । माइली वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेजको उत्तराधिकारी हुनेछन् र डिसेम्बर १० मा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस वर्ष ५ लाख क्विन्टल धान किन्दै सरकारः खरिदको परिमाण र रकम पनि बढाइयो
- प्रधानमन्त्री प्रचण्डलाई लिएर जाने क्रममा अरु ३१ जना यात्रुलाई छाड्यो नेपाल एयरलाइन्सले
- सुरू भयो एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान
- पछिल्ला नौ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २०४ वटा गैँडाको मृत्यु
- पर्यटन प्रवर्द्घनका लागि मङ्सिर १५ र १६ गते इच्छाकामना मेला हुने
- जाजरकोटमा भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया भूकम्पपीडित बालिकाको मृत्यु
- निर्देशक दीपेन्द्र लामा दयाहाङ राईलाई लिएर नयाँ फिल्म ‘दुखी आत्मा’ बनाउँदै
- एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान आजदेखि सुरू