• वि.सं २०८० मंसिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
  • युनिकोड
  • Live
Dark

गीत संगीतको क्षेत्र व्यापक छः सबै खालका गीत गाउन रुचाउँछु– बेनिशा पौडेल

नेपाली गायन क्षेत्रमा छोटो समयमै सफलता हात पार्न सफल गायिकामा अग्रपंक्तिमा आउने नाम हो बेनिशा पौडेल । उनको स्वरमा रहेका गीत ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा लगाउने’, ‘तिम्रो माया’, ‘सम्बन्ध’, ‘मन्द मन्द’, ‘हाम्रो यो माया’, ‘पटुकी बेरेको’, ‘जहाँ हुन्छु’, ‘नयाँ जीवन’, ‘दिउँला माया’, ‘कबाट कछुवा’, ‘सियोमा धागो’, ‘मन बुढो भएन’, ‘यस्तो माया’, ‘नजरमा नजर’, ‘फूल बुट्टे चोली’ लगायतका गीत चर्चित छन् ।

१५ वर्षको हुँदा सुरशाला आइडल जुनियरमा भाग लिनुभएकी उहाँले नेपाल आइडल-४ को टप सेभेनसम्म आफ्नो स्थान सुरक्षित गर्नुभएको थियो । आफ्ना लागि गीत-संगीत भनेको साधना हो भन्नुहुने गायिका बेनिशा पौडेलसँग कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अंश:-

यतिबेला केमा व्यस्त हुनुुहुन्छ ?

गीत-संगीत क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गरेर लागेकी हुनाले यही क्षेत्रमा नै आफूलाई व्यस्त राख्दै आएकी छु । पढाइलाई पनि निरन्तरता दिइरहेकी छु । यतिबेला ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छु । पछिल्लो समय राजकुमार मालाकारसँग गितार पनि सिकिरहेकी छु । यस्तै यस्तै दिनचर्या रहेको छ ।

गीत-संगीततर्फ कसरी आकर्षित हुनुभयो ?

मलाई थाहा नहुँदै पनि म गुनगुनाइरहने गरेको बुबाआमाले भन्ने गर्नुहुन्छ । म सानैदेखि गाउँथेँ, गुनगुनाइरहन्थेँ । स्कुल र गाउँघरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन्थेँ । सबैले मेरो गायनको तारिफ गर्नुहुन्थ्यो । विस्तारै बढ्दै जाँदा म यो क्षेत्रमा हेलिँदै गएँ । सायद म गीत-संगीतकै लागि जन्मिएकी हुँ कि !

पहिलोपल्ट औपचारिक गीत कहिले गाउनुभएको थियो, याद छ ?

मैले माथि पनि भनेँ म सानैदेखि गीत गाउँथेँ । मलाई थाहा नहुँदै पनि धेरै गीत गाएँ । मलाई याद भएको चाहिँ म चार वर्षको हुँदा ‘मै छोरी सुन्दरी’ गीत गाएकी थिएँ । त्यो बेला सबैले धेरै तारिफ गर्नुभएको थियो ।

आफ्नै गीतचाहिँ पहिलो कुन थियो ?

‘आँखैमा लाउने गाजल सकियो’ रहेको थियो । शान्तिप्रियले लेख्नुभएको यो गीतमा दीपक शर्माको संगीत रहेको छ ।

अहिलेसम्म कति जति गीत गाउनुभयो, केहीको नाम लिनुपर्दा ?

मैले दुई सयजति गीतमा स्वर दिएकी छु । सबै गीत उत्तिकै प्रिय लाग्छन् । केहीको नाम लिनुपर्दा ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा लगाउने’, ‘तिम्रो माया’, ‘सम्बन्ध’, ‘मन्द मन्द’, ‘हाम्रो यो माया’, ‘पटुकी बेरेको’, ‘जहाँ हुन्छु’, ‘नयाँ जीवन’, ‘दिउला माया’, ‘कबाट कछुवा’, ‘सियोमा धागो’, ‘मन बुढो भएन’, ‘यस्तो माया’, ‘नजरमा नजर’, ‘फूल बुट्टे चोली’लगायत । सबै गीतलाई श्रोता/दर्शकले औधी मन पराइदिनुभएको छ । उहाँहरूको यो साथ, सहयोग र माया सधैँ पाइरहने अपेक्षा गर्दछु । ‘हाम्रो यो माया’ करोडौँ क्लबमा रहेको छ ।

यहाँले चलचित्रका गीतमा पनि स्वर दिनुभएको छ ?

मैले चलचित्र ‘चुरीफुरी’, ‘नाइँ न भन्नु ल’, ‘प्रेमगञ्ज’ लगायत चलचित्रका गीतमा आफ्नो स्वर दिएकी छु ।

गीत-संगीतको औपचारिक कक्षा पनि लिनुभएको कि ?

दमकमा कमला खनालसँग सिकेँ भने काठमाडौंमा आएपछि चण्डीप्रसाद काफ्लेसँग सिकेँ । पछिल्लो समय राजकुमार मालाकारसँग गितार सिकिरहेकी छु ।

मैले सबै प्रकारका गीत गाएकी छु । आधुनिक, पप, राष्ट्रिय, भजन, लोक, लोकभजन सबै गीत मलाई उत्तिकै मन पर्छ र गाएकी पनि छु । आधुनिक गीत अलिक बढी गाएकी छु । सबै खालका गीत गाउन रुचाउँछु । गीत/संगीतको क्षेत्र व्यापक र विस्तृत छ । यसलाई म कुनै परिभाषामा सीमित गर्न सक्दिन । गीत संगीत हाम्रो जीवन हो । मेरा लागि गीत-संगीत भनेको साधना हो ।

नेपाल आइडल सिजन चारको टप सेभेनसम्म पुग्न सफल हुनुभयो होइन ? अरू रियालिटी शोमा पनि भाग लिनुभएको थियो ।
हो, म नेपाल आइडल सिजन चारको टप सेभेनसम्म पुगेर आउट भएँ । मैले यसअघि सुरशाला जुनियर आइडल र भ्वाइस अफ नेपालमा भाग लिएकी थिएँ ।

यहाँलाई मन पर्ने गायक/गायिका ?

धेरैजना हुनुहुन्छ । पुराना लिजेन्डरी गायक/गायिकादेखि वर्तमान पुस्ताका धेरै मन पर्छ तर पनि नारायण गोपाल र अरुणा लामा असाध्यै मन पर्छ ।

मन पर्ने संगीतकारमा ?

धेरै हुनुहुन्छ । यसमा पनि शम्भुजित बास्कोटा र सुरेश अधिकारी विशेष हुनुुहुन्छ ।

मन पर्ने गीतकार ?

मैले धेरै गीतकारका शब्दमा स्वर दिएकी छु । सबै उत्कृष्ट हुनुहुन्छ । मलाई त्यत्तिकै मन पर्छ । कुनै एकको नाम लिनुपर्दा राजेन्द्र थापाको नाम लिन चाहन्छु ।

संयुक्त स्वरमा को-कोसँग गीत गाउनुभएको छ ?

रामकृष्ण ढकाल, सुगम पोख्रेल, निशान भट्टराई, प्रताप दास, एलिना चौहान, समीक्षालगायत धेरैसँग गाएकी छु ।

गीत-संगीत के हो ?

यो व्यापक र विस्तृत छ । यसलाई म कुनै परिभाषामा सीमित गर्न सक्दिन । गीत-संगीत हाम्रो जीवन हो । मेरा लागि गीत-संगीत भनेको साधना हो । जीवन र संगीत एकअर्काका परिपूरक हुन् भन्ने लाग्छ । जीवन भनेकै संगीत हो र संगीत भनेकै जीवन हो । संसारमा गीत-संगीत मन नपर्ने को नै हुन्छ होला र !

कस्ता गीत गाउन रुचाउनुहुन्छ ?

मैले सबै प्रकारका गीत गाएकी छु । आधुनिक, पप, राष्ट्रिय, भजन, लोक, लोकभजन सबै गीत मलाई उत्तिकै मन पर्छ र गाएकी पनि छु । आधुनिक गीत अलिक बढी गाएकी छु । सबै खालका गीत गाउन रुचाउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै