ग्यास नपाएको भन्दै नेविसंघको खाली सिलिन्डर बोकेर प्रदर्शन

काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघले मंगलबार त्रिचन्द्र क्याम्पसमा खाली सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थीको ग्याससम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुलो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर’ र ‘विद्यार्थीको समस्या समाधान गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेविसंघले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्दै विद्यार्थीले भोग्दै आएको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै