भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । प्रसाईंले आइतबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको केही घण्टापछि राति करिब १० बजे प्रहरी टोली भक्तपुरस्थित निकोसेरामा रहेको उनको निवास पुगेको थियो।
त्यसपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी प्रमुख सूर्य खड्का का अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति तथा सुरक्षा सम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
प्रहरीले आज अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइने जनाएको छ । यसअघि पनि सार्वजनिक शान्ति सुरक्षासम्बन्धी विभिन्न आरोपमा प्रसाईं पटक–पटक पक्राउ परेर कानुनी प्रक्रिया पूरा गरेपछि रिहा हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






