काठमाडौँ । संयुक्त राज्य अमेरिका र साउदी अरबबीच ऐतिहासिक परमाणु सहयोग सम्झौता भएको छ । सम्झौताले साउदी अरबलाई आफ्नै नागरिक परमाणु ऊर्जा कार्यक्रम विकास गर्ने बाटो खोलिदिएको छ ।
अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण परमाणु सहयोग सम्झौता’ हो । सम्झौताअन्तर्गत अमेरिकी कम्पनीहरूले साउदी अरबको परमाणु ऊर्जा कार्यक्रमसँग सम्बन्धित परियोजनामा महत्वपूर्ण पहुँच र काम गर्ने अवसर पाउनेछन् ।
सम्झौताको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । यद्यपि, अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार भविष्यमा सम्झौताअन्तर्गत साउदी अरबलाई युरेनियम संवर्द्धनको अनुमति दिन सकिने सम्भावना रहेको छ ।
संवर्द्धित युरेनियम परमाणु ऊर्जा केन्द्रमा इन्धनका रूपमा प्रयोग हुन्छ । तर, यही प्रविधि परमाणु हतियार निर्माणमा समेत प्रयोग गर्न सकिने भएकाले यसले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढाएको छ ।
विशेषज्ञहरूले साउदी अरबलाई युरेनियम संवर्द्धनको अनुमति दिइएमा यो अमेरिकाको इतिहासमै पहिलो यस्तो घटना हुने बताएका छन् । यसबाट पहिलेदेखि नै अस्थिर पश्चिम एसियामा परमाणु हतियारको प्रसारको जोखिम थप बढ्न सक्ने उनीहरूको चेतावनी छ ।
अमेरिकी ऊर्जा विभागले परमाणु सहयोग सम्झौतासँगै द्विपक्षीय सुरक्षा उपायसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको जनाएको छ । विभागका अनुसार यी सम्झौताले दशकौँसम्म सञ्चालन हुने अर्बौँ डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार गर्नेछ । यसबाट परमाणु अप्रसारसहित विभिन्न आर्थिक तथा रणनीतिक उद्देश्य अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साउदी सरकारले पनि सम्झौता दुई देशबीच ऊर्जा क्षेत्रमा यसअघि हुँदै आएको सहकार्यको विस्तार भएको जनाएको छ । गत नोभेम्बरमा साउदी नेताले वासिङ्टन भ्रमण गरेपछि सम्झौता भएको बताइएको छ ।
अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला यो सम्झौताको घोषणा भएको हो । अमेरिकाको लामो समयदेखिको सहयोगी साउदी अरबमा अमेरिकी सेनाका थुप्रै सैन्य आधार रहेका छन्, जसलाई इरानबाट आक्रमणको जोखिम रहेको बताइन्छ । इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेको दुई दिनपछि यो सम्झौताको घोषणा भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






