काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना ग्राहकका लागि किस्ताबन्दी (फाइनान्सिङ) सुविधालाई अझ सहज र सस्तो बनाएको छ । कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ किस्ता योजना अघि सारेको हो ।
नयाँ व्यवस्थाअनुसार अब बजाजका मोटरसाइकल खरिद गर्दा भुक्तानीको समय अवधि ३ वर्षबाट बढाएर अधिकतम ५ वर्ष (६० महिना) पुर्याइएको छ । साथै, यसअघि रहेको ९.९९ प्रतिशतको ब्याजदरलाई घटाएर ८.९९ प्रतिशतमा झारिएको छ । किस्ताको समयावधि थपिएपछि र ब्याजदर घटेपछि मासिक बुझाउनुपर्ने रकम (ईएमआई) मा ठूलो गिरावट आएको छ ।
कति घट्यो किस्ता ?
यो फाइनान्सिङ सुविधा प्लाटिना १०० इएसदेखि डोमिनार ४०० सम्मका सबै बजाज मोडलहरूमा लागू हुनेछ ।
प्लाटिना १०० इएसः यसअघि मासिक करिब ३,२५५ रुपैयाँ किस्ता बुझाउनुपर्नेमा अब २,१२४ रुपैयाँ मात्र तिरे पुग्छ । यसबाट ग्राहकलाई प्रतिमहिना करिब १,१३१ रुपैयाँ फाइदा हुन्छ । डोमिनार ४००ः पहिले मासिक ८,२२७ रुपैयाँ जति पर्ने किस्ता घटेर ५,३७० रुपैयाँ कायम भएको छ, जसबाट मासिक करिब २,८५७ रुपैयाँ बचत हुन्छ । यसबाहेक पल्सर सिरिजका विभिन्न मोडलहरू (१२५, एन१२५, १५), एन१५०, एन१६०, २२०एफ, २००एनएस, एन२५० र एनएस४०० जेड) मा पनि मासिक किस्ता घटाइएको छ ।
कम्पनीका अनुसार यो कुनै अल्पकालीन अफर वा छुट योजना मात्र नभई ग्राहकको आर्थिक सहजताका लागि ल्याइएको दीर्घकालीन व्यवस्था हो । मोटरसाइकलको कुल मूल्यभन्दा पनि बुझाउनुपर्ने मासिक किस्ता रकम मुख्य चासोको विषय बन्ने गरेकाले ऋणको अवधि बढाएर र ब्याजदर घटाएर ग्राहकमैत्री नीति लिइएको एचएच बजाजले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हुलास फिनसर्भमार्फत उपलब्ध गराइने यो सुविधा देशैभरि रहेका एचएच बजाजका आधिकारिक सोरुमहरूबाट लिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
- शिवशक्ति बाबा दुई अन्तर्राष्ट्रिय उपाधिबाट सम्मानित, सनातन धर्म प्रवर्द्धनमा योगदानको उच्च मूल्याङ्कन
- बजाजका मोटरसाइकलमा ईएमआई घट्यो, किस्ताको अवधि ५ वर्ष र ब्याजदर ८.९९ प्रतिशत कायम
- होन्डाले एयरब्याग सेफ्टी रिकलबारे निःशुल्क सेवा अभियान सञ्चालन गर्ने
- नेपाल लाइफले कायम गर्यो नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँ नाघ्यो
- पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसद्वारा एआई र साइबर सुरक्षासम्बन्धी कार्यशाला
- आईविबी किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
- गोल्डेनबुटमा एम्बाप्पेको कीर्तिमान, मेस्सी स्तब्ध

ट्रेन्डिङ
खबरमुकाम.jpeg)






