काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले काठमाडौंका विभिन्न सञ्चारगृहअगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले सञ्चारगृह तथा अन्य सार्वजनिक स्थानमा सवारीसाधन राखेर अवरोध गर्नु अस्वीकार्य भएको बताएका छन् । घटनामा जो–कोही संलग्न भए पनि कानुनी दायरामा ल्याई अनुसन्धान र कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
झाले राज्यको मुख्य दायित्व नागरिकको सुरक्षा र समस्याको समाधान गर्नु भएको उल्लेख गर्दै राज्यका गतिविधिले नै नागरिकमा त्रास र अन्योल सिर्जना गर्न नहुने बताए ।
उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै यस्ता गतिविधिबाट सुशासन र जिम्मेवार शासन सञ्चालन हुन नसक्ने टिप्पणी गरेका छन् । साथै, परिवर्तन र नयाँ राजनीतिक संस्कारको अपेक्षासहित स्थापित भएको नेतृत्वबाट यस्ता कार्य हुनु दुःखद भएको उनको धारणा छ ।
सांसद झाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






