काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गाडी तेर्स्याएर अवरोध सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मल्लले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्युको घटनालाई अन्यत्र मोड्ने उद्देश्यले केही राज्यसंरक्षित व्यक्तिहरूले योजनाबद्ध रूपमा गतिविधि गरेको आरोप लगाए ।
उनले राजधानीमा पछिल्ला दिनमा भएका घटनाले गम्भीर प्रश्न उठाएको भन्दै आइतबार न्युरोड क्षेत्रमा जानाजानी सवारी अवरोध गरेर सर्वसाधारणलाई सास्ती दिइएको दाबी गरे ।
सांसद मल्लका अनुसार सोमबार केही सञ्चारमाध्यमका कार्यालय तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि समेत गाडी तेर्स्याएर दबाब सिर्जना गर्ने प्रयास भएको थियो ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई सामान्य जरिबाना गरेर छाड्नु पर्याप्त नहुने उनको भनाइ छ । उनले दोषीको पहिचान गरी सवारीसाधन जफत गर्न, विस्तृत छानबिन गर्न र कानुनअनुसार कडा कारबाही अघि बढाउन सरकारसँग आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






