काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राई ले देशमा सुरक्षाघेराभित्र रहेर प्रभाव जमाउने अनधिकृत व्यक्तिहरूको गतिविधि बढ्दै गएको आरोप लगाएका छन् । उनले सरकारमाथि उठाइने प्रश्नलाई बेवास्ता गर्ने र आलोचना दबाउने प्रवृत्ति बढेको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने गरी पछिल्ला घटनाहरू भइरहेकाले जनतामा त्रासको अवस्था सिर्जना भएको बताए । सरकार निरन्तर आलोचनाप्रति असहिष्णु बन्दै गएको उनको भनाइ थियो ।
उनले सत्ता पक्षका सांसदहरू समेत खुलेर बोल्न नसक्ने अवस्था रहेको टिप्पणी गर्दै सरकार सत्ताको अहंकारमा अघि बढेको आरोप लगाए।
मुगुका गणेश नेपालीको घटनापछि सरकारसँग जवाफ माग्दा उल्टै प्रश्न उठाउनेहरूमाथि नै दबाब सिर्जना गर्ने शैली अपनाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । लोकतान्त्रिक व्यवस्थामा सरकारलाई प्रश्न गर्नु नागरिक र जनप्रतिनिधिको अधिकार भएको उनको भनाइ थियो ।
सरकारको कार्यशैलीको आलोचना गर्दै राईले पौराणिक पात्र हिरण्यकश्यपसँग तुलना गरे । उनले सरकारलाई आवश्यक विषयमा निरन्तर जवाफदेही बनाउन आफूहरू पछि नहट्ने पनि स्पष्ट पारे ।
राईले सुरक्षाघेराभित्र रहेका एक प्रभावशाली व्यक्तिले सुकुम्बासी होल्डिङ सेन्टरमा बसिरहेका नागरिकलाई धम्क्याउने काम गरेको आरोपसमेत लगाए । होल्डिङ सेन्टरको अवस्था, गणेश नेपालीको मृत्यु तथा गाडी तेर्स्याउने घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो ।
साथै, सम्बन्धित मन्त्रीहरूले जिम्मेवारीपूर्वक संसदमा जवाफ दिनुको सट्टा अन्य पक्षलाई दोषारोपण गरेर उम्किन खोजेको आरोप पनि उनले लगाए । प्रधानमन्त्री बालेन शाहको कार्यशैलीबारे टिप्पणी गर्दै उनले ऐतिहासिक शासन व्यवस्थासँग समेत तुलना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






