काठमाडौं । प्रेस सेन्टर नेपालले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमै शंकास्पद ढंगले सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
प्रेस सेन्टर नेपालका महासचिव मनोत घर्तीमगरद्वारा जारी विज्ञप्तिमा आज बिहानदेखि काठमाडौंका केही प्रमुख सञ्चारगृहको कार्यालय परिसरमा शंकास्पद सवारीसाधन राखी पत्रकार तथा कर्मचारीको आवतजावतमा बाधा पुर्याइएको तथा त्रासपूर्ण वातावरण सिर्जना गरिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सञ्चारमाध्यमको स्वतन्त्र सञ्चालनमा असर पुर्याउने, पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने तथा प्रेस स्वतन्त्रताको अभ्यासमा अवरोध सिर्जना गर्ने यस्ता गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने जनाइएको छ ।
प्रेस सेन्टर नेपालले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने जनाएको छ । साथै सञ्चारगृह र पत्रकारलाई उनीहरूको कार्यस्थलमा अवरोध, दबाब वा त्रास सिर्जना नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
प्रेस सेन्टर नेपालले घटनाको यथाशीघ्र छानबिन गरी वास्तविकता सार्वजनिक गर्न, अवरोध सिर्जना गर्ने व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन तथा सञ्चारगृह र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सम्पूर्ण सञ्चारकर्मी, प्रेससम्बद्ध संघ–संस्था तथा लोकतन्त्रप्रेमी नागरिकलाई सजग र एकताबद्ध रहन समेत प्रेस सेन्टर नेपालले आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






