काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई लक्षित गर्दै हत्या गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत इरानबाट आफूलाई मार्ने धम्की आएको उल्लेख गर्दै, कुनै पनि आक्रमण भए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले इरानमाथि सम्भावित सैन्य कारबाहीका लागि अमेरिकाले तयारी अवस्थामा रहेको बताएका छन् । उनले इरानबाट आफूविरुद्ध कुनै किसिमको आक्रमण वा हत्या प्रयास भएमा त्यसको जवाफ दिन अमेरिकी सेनालाई आवश्यक निर्देशन दिइसकेको दाबी गरेका छन् ।
यसअघि पनि ट्रम्पले आफ्नो सुरक्षामाथि निरन्तर खतरा रहेको बताएका थिए । एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानी पक्षको सम्भावित निशानाको सूचीमा रहेको दाबी गरेका थिए ।
उडानका क्रममा सुरक्षा सतर्कताका कारण विमानका झ्यालका पर्दा बन्द राखिएको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले इरानीहरूलाई खतरनाक भन्दै आफू सधैँ जोखिममा रहेको बताएका थिए ।
उनले पत्रकारहरूसँगको कुराकानीमा आफूलाई केही भएमा त्यसको असर अन्य व्यक्तिमा पनि पर्न सक्ने भन्दै सुरक्षा चुनौतीबारे टिप्पणी गरेका थिए ।
यसैबीच, इजरायली सञ्चारमाध्यम कान न्युजको रिपोर्टअनुसार अमेरिकाले इजरायलमा तैनाथ १२ वटा एफ–२२ स्टिल्थ लडाकु विमान फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ । ती विमान इरानविरुद्धको सम्भावित सैन्य अभियानका लागि ओभ्दा एयर बेसमा राखिएको दाबी गरिएको थियो ।
यता, ट्रम्पले इरानले वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरेको बताएका छन् । उनले अमेरिकाले उक्त आग्रह स्वीकार गरेको दाबी गर्दै युद्धविरामको अवस्था भने अन्त्य भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कतारका वार्ताकारहरू अहिले इरानमा रहेका छन् र उनीहरूले इरानी अधिकारीहरूसँग छलफल गरिरहेका छन् । अमेरिका र इरानबीच तनाव कम गर्ने तथा सम्भावित शान्ति वार्ताको वातावरण बनाउन कतारले सक्रिय भूमिका खेलिरहेको जनाइएको छ ।
हालै इरान र अमेरिकाबीच सैन्य तनाव बढेको थियो । इरानले स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानी भूमिमा लगातार सैन्य कारबाही गरेको थियो ।
कूटनीतिक पहलकर्ताहरूले पछिल्लो प्रयासलाई तनाव घटाउने र अमेरिका–इरानबीच दीर्घकालीन वार्ताको बाटो खोल्ने प्रयासका रूपमा लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






