काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा सारिएको छ ।
उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएपछि शव आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको थियो । तर परिवारले शव बुझ्न अस्वीकार गरेपछि सुरक्षित राख्नका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालको शवगृहमा पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार परिवारले जिम्मा नलिएसम्म शव शवगृहको शीत भण्डारण (फ्रिज) मा राखिनेछ ।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको अवस्थामा शुक्रबार निधन भएको थियो ।
परिवारले घटनाप्रति असन्तुष्टि जनाउँदै आफ्नो माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएको जनाएको छ । यस घटनाअघि मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग उनको विवाद भएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
यस घटनाको वास्तविक कारण र त्यससँग सम्बन्धित अन्य पक्षबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बझाङमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, १० जना घाइते
- आत्मदाहको प्रयास गरेका व्यवसायी राउतको पनि निधन
- शंकराचार्यको उपस्थितिमा भोलि लेटाङमा माँ कालीको प्राणप्रतिष्ठा समारोह हुँदै
- गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारविरुद्ध युवाहरुको प्रदर्शन
- आफूले जे बोल्दा पनि ठीक, जनताले बोल्दाचाँहि किन बेठीक, बालेन सरकार ?
- विवादित अभिव्यक्तिपछि मन्त्री पुनको यू–टर्न, अन्तर्वार्तामा एक वर्षको विराम
- नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु
- इरानसँग डराए डोनाल्ड ट्रम्प, आफ्नो हत्या गर्न लागेको दाबी

ट्रेन्डिङ
खबरमुकाम







