काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्याको बदला लिइने स्पष्ट चेतावनी दिएको छ । परिषद्ले खामेनेईको हत्यामा संलग्न सबैलाई लक्षित गर्दै ‘रगतको हिसाब अवश्य चुकाइने’ घोषणा गरेको हो ।
बीबीसीको फारसी सेवाका अनुसार परिषद्का सचिव मोहम्मद बाकेर जोलकद्रद्वारा हस्ताक्षर गरिएको सन्देश इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । उक्त सन्देशमा खामेनेईको हत्या ‘बिर्सन नसकिने अपराध’ भएको उल्लेख गर्दै दोषीलाई कुनै पनि हालतमा नछाडिने चेतावनी दिइएको छ ।
जोलकद्रले उक्त सन्देश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका हुन् । उनले खामेनेईको हत्याको प्रतिशोध लिने प्रतिबद्धता व्यक्त गर्दै दोषीहरूले यसको मूल्य चुकाउनुपर्ने बताएका छन् ।
गत फेब्रुअरी २८, २०२६ मा इरानका सर्वोच्च नेता खामेनेईको हत्या भएको थियो । सोही दिन अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेको जनाइएको छ । उक्त आक्रमणमा खामेनेईसँगै इरानका अन्य वरिष्ठ अधिकारी तथा उनका परिवारका केही सदस्य पनि मारिएका थिए ।
बीबीसीको फारसी सेवाका अनुसार खामेनेईको अन्त्येष्टि समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ । साथै, इराकका बगदाद, काजमिन, कर्बला र नजफमा पनि शोकसभा आयोजना गरिने जनाइएको छ ।
खामेनेईको हत्यापछि मध्यपूर्वमा तनाव थप चुलिएको छ । इरानको पछिल्लो चेतावनीले क्षेत्रीय सुरक्षा अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको चासो अझ बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






