काठमाडौं । मनसुनी प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भई आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन पूर्ण रूपमा फैलिएको छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा घना बादल लागेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ । पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि मौसम पूर्ण रूपमा बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपात, पहाडी क्षेत्रका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
रातिको समयमा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा यात्रा गर्नेहरूले आवश्यक सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रिपोर्टस् क्लव बन्दको बन्दै, के भन्छन् ऋषि धमला ?
- साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
- पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
- इक्वेडरमाथि सहज जित निकाल्दै मेक्सिको अन्तिम १६ मा
- आज धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने
- ब्राजिलको शानदार पुनरागमन, जापानलाई हराउँदै अन्तिम १६ मा प्रवेश

ट्रेन्डिङ
खबरमुकाम





.png)

