काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आज लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गर्दै छ । दाङको लमहीमा हुने उक्त भेलालाई इतर समूहको प्रदेशस्तरीय अभियानको अन्तिम कार्यक्रमका रूपमा हेरिएको छ ।
विशेष महाधिवेशनपछि पार्टीबाट टाढिएका तथा निष्क्रिय बनेका नेता–कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा फर्काउने, संगठनलाई थप सुदृढ बनाउने तथा समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्ने उद्देश्यले इतर समूहले सातै प्रदेशमा यस्ता भेला सञ्चालन गर्दै आएको हो ।
यसअघि कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर समूहले लुम्बिनी भेलासँगै प्रदेशस्तरीय अभियान सम्पन्न गर्नेछ ।
आयोजकका अनुसार भेलामा विशेष महाधिवेशनको पक्षमा नउभिएका लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । भेलामा संगठन विस्तार, पार्टीभित्रको एकता र आगामी राजनीतिक कार्यदिशाबारे व्यापक छलफल हुने बताइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा रहेकाले प्रदेशस्तरीय अभियानको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । उनीसहित केन्द्रीय तहका नेताहरूले पनि भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






