काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन तोकिएको समयमा सम्पन्न हुन नसक्दा त्यसको असर संसदमा परेको छ । असार १० गते सम्पन्न गर्ने कार्यतालिकासहित महाधिवेशनमा होमिएको रास्वपाले आजसम्म पनि निर्वाचन प्रक्रिया नसक्दा त्यसको असर प्रतिनिधिसभामा परेको हो ।
प्रतिनिधिसभामा करीब दुई तिहाइको संख्यामा उपस्थिति रहेको रास्वपाको महाधिवेशन लम्बिदै जाँदा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक शुक्रवार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।
सत्तारुढ दल रास्वपाको महाधिवेशनलाई केन्द्रित गरेर ६ दिन बैठक पछिलाई राखिएको थियो । तर रास्वपाको जारी महाधिवेशन लम्बिएपछि शुक्रवारलाई सारिएको हो। सिंगो मन्त्रिपरिषद्सहित रास्वपाका सांसदहरू अहिले चितवनमै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





