काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन् । उनले प्रधानमन्त्रीको भनाइ नेपाल–भारत सीमाक्षेत्रमा देखिएका अतिक्रमण तथा सीमा व्यवस्थापनसँग सम्बन्धित रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीले उल्लेख गरेको विषयलाई गलत ढंगले बुझिएको जिकिर गरे । प्रधानमन्त्रीले नेपाल र भारतका सीमावर्ती क्षेत्रमा देखिएका व्यवहारिक समस्या तथा दशगजा क्षेत्रको अवस्थातर्फ संकेत गरेको उनको भनाइ थियो ।
मन्त्री खनालका अनुसार सीमावर्ती क्षेत्रका कतिपय स्थानमा एक देशका नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने, घर बनाउने तथा अन्य गतिविधि सञ्चालन गर्ने अवस्था देखिएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति पनि यिनै यथार्थ घटनासँग जोडिएको उनले स्पष्ट पारे ।
उनले नेपाल–भारत सीमा व्यवस्थापनका लागि दुवै देशका सम्बन्धित संयन्त्रहरू सक्रिय रहेको जानकारी दिँदै सीमांकन, नक्सांकन तथा तथ्यगत अध्ययनका कामहरू निरन्तर भइरहेको बताए ।
परराष्ट्रमन्त्रीले विभिन्न अध्ययन तथा प्राविधिक प्रतिवेदनहरूले कतिपय स्थानमा नेपालको उपयोगमा रहेको भूमि भारततर्फ र भारतको उपयोगमा रहेको भूमि नेपालतर्फ परेको अवस्था देखाएको उल्लेख गरे । यस्ता विषयहरूलाई कूटनीतिक र प्राविधिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले उठाएको प्रश्नपछि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले सरकारले यो स्पष्टीकरण दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेनका सट्टामा बोले खनाल ‘दशगजा अतिक्रमणको सन्दर्भमा भनिएको हो’
- संसद अवरोध अन्त्य गर्ने संकेतमा कांग्रेस, ‘प्रधानमन्त्रीको अभिव्यक्तिमै अल्झिनु हुँदैन’
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म बढाइयो
- रास्वपाको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयनबिनै स्थगित
- प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ, सहमतिका लागि दलहरूबीच छलफल जारी
- कांग्रेसको केन्द्रीय समिति खारेजीको पक्षमा इतर समूहले युवा भेला गर्दै
- अफगानिस्तानमा भएको पाकिस्तानी हमलामा १३ जनाको मृत्यु
- सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?



ट्रेन्डिङ
खबरमुकाम






