काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आइतबार प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिले राजनीति नै तरंगित भएको छ । प्रधानमन्त्री साहले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र नभइ नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि राजनीति तरंगित भएको हो ।
यही तरंगका बीचमा राजनीतिक दलका नेताहरुले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री साहको अभिव्यक्तिमा आफ्नो प्रतिक्रिया दिने क्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आपत्ति व्यक्त गरेका छन् । प्रधानमन्त्री साहको अभिव्यक्ति मर्यादा विपरीत तथा आपत्तिजनक रहेको भनाइय नेता खनालको छ ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया लेख्दै नेता खनालले तत्काल संसदको रेकर्डबाट साहको अभिव्यक्ति हटाउन र माफी माग्न चेतावनी दिएका छन् । साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिनु अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्रविरोधी अभिव्यक्ति भएको उनको भनाइ रहेको छ ।
उनले लेखेका छन्, ‘हामी नेपाली जनता युगौँ देखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौँ र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ । त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्रविरोधी कार्य हो ।’
खनालले भनेका छन्, ‘उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ?’
खनालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






