काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।
विवाद भएको ठाउँमा लङ रुट पट्रोलका लागि इन्स्पेक्टर लक्ष्मीराज जोशीको कमान्डमा १६ जना सुरक्षाकर्मी त्यसतर्फ पठाइएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले रातोपाटीलाई बताइन् । उनले भनिन्– ‘त्यहाँका स्थानीयले असुरक्षित महसुस गरेपछि टिम पठाइएको हो ।’
इन्स्पेक्टर जोशीसँगै सशस्त्र प्रहरी बलका १० जना सुरक्षाकर्मी त्यसतर्फ गएका छन् । जिल्ला सदरमुकामबाट लाम्पाटा पुग्न ३ दिन पैदल हिँड्नुपर्छ । एलआरपीमा गएको टिमले त्यहाँको वस्तुस्थिति बुझेर फर्किने डीएसपी बोहराले जानकारी दिइन् ।
हुम्ला र बाजुराको सीमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीय बिच वैशाख ३ मा झडप भएको थियो । झडपमा परेर बाजुराको हिमाली गाउँपालिका–५ लाम्पाटा घर भएका ५ जना घाइते भएका थिए ।
हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सीमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध गरेका थिए ।
कवारीखोला लाई हुम्लाका स्थानीयले दुई जिल्लाका सिमाना दाबी गरेको हुम्लाका डीएसपी शङ्कर खड्काले बताए । खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहित ५ जनालाई कुटपिट गरेका हौँ ।
सुदूरपश्चिम चिनाउने अभियान लिएर त्यहाँ जाँदै गरेका धनगढीको मेयर गोपाल हमाल नेतृत्वको टिम साइपाल बेसक्याम्प नपुग्दै फर्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







