काठमाडौं । आगामी हप्ता सातामै लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ । सरकारले जेठ १४ गते बिहीबारका दिन बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार चार दिन बिदा पर्ने भएको हो ।
संघीय सरकारको गृहमन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद–उल–अज्हा) अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।
गृहका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर इद परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
गृहले बकर इदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुझकामना पनि दिएको छ । बकर इदमा सार्वजनिक बिदा भएसँगै अर्को साता लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै आएको छ ।
त्यसको भोलिपल्ट जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







