काठमाडौँ । नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ ।
एमालेको गत पुसमा सम्पन्न ११ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन । ओलीले अघि सारेको कार्य विभाजनको प्रस्तावमा कतिपय नेताहरूलाई दोहोरो तेहेरो जिम्मेवारी दिने उल्लेख छ ।
त्यस्तै, आजको बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा समेत कुरा उठ्ने बुझिएको छ ।
असफलताको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले बिदा हुनुपर्ने मागसहित नेता कार्यकर्ताहरूले अभियान नै चलाउँदै आएका छन् । उनीहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान नै चलाएका छन् ।
अर्कोतिर आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीका बारेमा समेत छलफल हुने बुझिएको छ । भण्डारीको सदस्यता खुला गर्ने सोमबारको बैठकमा अध्यक्ष ओलीले सुनाए पनि उनलाई के जिम्मेवारी दिइन्छ भन्ने चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







