काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोशी र मधेश प्रदेशका सांसदहरुसँग छलफल गर्ने भएका छन् । दुई प्रदेशमा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरुसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले सातवटै प्रदेशका सांसदहरुसँग छलफल गर्ने क्रममा आज दुई प्रदेशलाई रोजेका हुन् । उनले आज पहिलो चरणमा बिहान ११ बजे कोशी प्रदेशका सांसदसँग छलफल गर्नेछन् ।
कोशी प्रदेशका सांसदहरूसँगको छलफलपछि मधेश प्रदेशका सांसदसँग छलफल गर्ने तय भएको छ । मधेश प्रदेशका सांसदसँग दिउँसो साढे १ बजे छलफल हुनेछ ।
संसदमा प्रधानमन्त्रीको खोजी गर्दै विपक्षी दलहरूले दबाब सिर्जना गरेका छन् । त्यसले रास्वपा पनि दबाबमा परेको देखिन्छ । त्यसका साथै बजेट आउन लागेका कारण पनि सांसदहरूसँग रास्वपाले छलफल गर्न लागेको हो । मुख्यगरी संसद र बजेटसँग सांसदहरूको सुझाव लिनका लागि सभापति लामिछानेले छलफल गर्न लागेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







